काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ४५ लाख रुपैँया भएको छ । यो नाफा गत वर्षको तुलनामा ३९४% ले धरै हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख खुद नाफा कमाएको थियो ।
बैंकको निक्षेप संकलन ६६%ले वृद्धि गरेर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ । गत वर्षको यहि अवधिमा २६ अर्ब २७ करोड मात्र निक्षेप संकलन भएको थियो । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।
मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लि.बीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ ।