काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाल (United Mission to Nepal) ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ ।
मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरिन् । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरिन् ।
विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल संचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्नसो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्