×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा क्यापिटल मार्केटस्लाई धितोपत्र बोर्डको सैद्दान्तिक सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा क्यापिटल मार्केटस्लाई धितोपत्र बोर्डको सैद्दान्तिक सहमति

४ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्दान्तिक सहमति दिएको छ । 
मेगा बैंक नेपाल लि.को पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड सञ्चालनमा आउन लागेको हो । यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले जानकारी दिए । 
मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय सञ्चालन गर्नेछ । सञ्चालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी