काठमाडौँ – सम्भावित क्षेत्रमा आफ्ना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा सुविधा उपलब्ध गराउने अभिप्रायले सेवा विस्तार गर्ने क्रममा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले धनुषाको सबैला नगरपालिकाको खरिहानी र हंशपुर नगरपालिकाको हंशपुरमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।
मंसिर ५ गते बुधबार आयोजित छुट्टाछुटै कार्यक्रममा खरिहानी शाखाको सबैला न.पा. का नगर प्रमुख विजयशंकर प्रसाद साह र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद शाहले संयुक्त रुपमा तथा हंशपुर शाखाको हंशपुर न.पा.का नगर प्रमुख राम ज्ञान मण्डल र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद शाहले संयुक्त रुपमा उद्घाटन गरे ।
नगर प्रमुख, सम्वन्धित वडाका वडा अध्यक्ष, समाजसेवी तथा बुद्धिजिवीहरु, वित्तीय संस्थाका अध्यक्ष तथा संचालकहरु, संस्थापक सेयरधनीहरु, कर्मचारी तथाग्राहक सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसत्यदेव राउतले वित्तीय संस्थाले ग्रामीण क्षेत्रका गरिब जनतालाई उनीहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्न शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको बताए । यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामीण क्षेत्रमा शाखा विस्तार गरि गरिब तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य लिएको समेत उनले जानकारी दिए ।
संस्थाका विभागीय प्रमुख रेशम प्रसाद वास्तोलाद्धारा संचालित कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख तथा वडा अध्यक्षहरुले वित्तीय संस्थाहरु सहर केन्द्रित भईरहेको अवस्थामा मिथिला लघुवित्त वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा आई शाखा विस्तार गर्नु सराहनीय रहेको उल्लेख गरे । साथमा, नगरवासीले वित्तीय संस्थामा आबद्ध भई लाभ लिनु पर्ने समेत उनीहरुले बताए । मिथिला लघुवित्तको कार्यक्रम संचालनमा नगरपालिका तथा नगरवासीवाट यथेष्ठ सहयोग हुने उनीहरुको भनाइ थियो ।
मिथिला लघुवित्त वित्तीय संस्थाको नयाँ दुई शाखा सहित हाल शाखा संख्या २३ पुगेको छ । हालसम्म यस वित्तीय संस्थाले १७ हजार लक्षित ग्राहक सदस्यहरु मार्फत रु.६९ करोड लगानी गरि रु.१८ करोड बचत संकलन गरेको छ भने चालु आ.ब. को पहिलो त्रैयमासमा गत बर्षको सोही अवधिको भन्दा दोब्बर भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्