काठमाडौँ – नेपालका सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमिटेड र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.वीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपालको तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका छन् ।
यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ । यो कर्जा मुक्तिनाथ विकास बैंकको नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ ।
यसबाट विद्यालय, शिक्षक र बिद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्