काठमाडौँ – वि.संं १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश गरेको छ । बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउँदो प्रविधिमैत्री बनाई दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउन बैंकलाई शुभकामना दिए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेड विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठी आज सवल बैंकको रुपमा स्थापित हुन सकेकोमा प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा वित्तीय पहुँच तथा ग्राहक सेवामा बलियो उपस्थितिसहित सरकारी बैंकको हैसियतले नेपाल सरकारका गरिबी निवारण, सहुलियतपूर्ण ऋण कार्यक्रम, पूर्वाधार विकास सम्वन्धी आयोजनाहरुमा सक्रिय सहभागिता बढाउन सकोस् भनि शुभेच्छा प्रकट गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवि नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पुर्याउन नेपाल बैंकलाई शुभकामना दिएका छन् ।
यसैगरि नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बैंकको परिवर्तित सुदृढ अवस्थाप्रति प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा विशेष पहल गर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकले हालका वर्षहरुमा हासिल गरेका उपलब्धिहरु गर्व गर्न लायक रहेको बताउँदै बैंकले प्राप्त गरेका उपलब्धिलाई दीगो बनाउन आगामी बैंक व्यवस्थापनको ध्यान स्मार्ट ब्राञ्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई प्रफुल्ल बनाउने दिशामा केन्द्रित हुने बताए ।
बैंकले वार्षिकोत्सवकै दिन विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ । यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक (मोरङ), मंगलवारे (ईलाम) र पाख्रीवास (धनकुटा), प्रदेश २ को सर्लाही, पर्सा, भवानीपुर (सर्लाही) र वर्दिवास (महोत्तरी), प्रदेश ३ को दुधौली (सिन्धुली) एवम् प्रदेश ४ को आरुङ खोला (नवलपरासी) रहेका छन् । यी शाखा स्थापना पश्चात बैंकको जिल्ला पहुँच ५९ पुगेको छ ।
भरखरै सम्पन्न आर्थिक वर्षमा तीन अर्ब ३९.करोड मुनाफा आर्जन गरेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ८१ अर्ब कर्जा प्रवाह गरेको यस बैंकले १५४ शाखा संजाल ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याईरहेको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले खुल्ला रक्तदान तथा निशुल्क आंखा परीक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्