
काठमाडौँ- गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्काशन प्रयोजनार्थ एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र क्यापिटलको तर्फअबत महाप्रबन्धक मेख बहादुर थापाल हस्ताक्षर गरे।
सम्झौता अनुसार लघुवित्तले सर्वसाधारणमा जारि गर्ने दुई लाख पचास हजार कित्ता साधारण सेयरको बिक्रि प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ। लघुवित्तले निकट भविष्यमा नै प्रतिकित्ता १०० रुपैयाँका दरले २५०,००० कित्ता सेयर निष्काशन गर्दैछ।
यस अवधिमा लघुवित्तको चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओ जारिगरेपश्चात लघुवित्तको चुक्तापुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पुंजी १० करोड र जारि चुक्तापुंजी ७ करोड ७५ लाख छ।
लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको हो। २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो।
धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११,००० विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्ध गरी करिव ७ करोड बचत संकलन तथा करिव करोड कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्