
काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडको नयापुल शाखाले वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले अन्नपुर्ण गाउपालिका अन्तरगत रहेका घान्दु्रक श्रोत केन्द्र तथा विरेठाटी श्रोत केन्द्र अन्तरगतका २८ विद्यालयका प्रअ विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा लेखापाल गरि झण्डै ९० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्माको अध्यक्षतामा संचालित कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपुर्ण गाउँपालिकाका प्रमुख शेषकान्त पौडेलले बैंकले दिएको सेवा सुविधा प्रति आभार प्रकट गर्दैयस्ता कार्यक्रमले बैंकको सामाजिक उत्तरदायित्व बहन भई बैंकको छवि समेत उच्च रहने धारणा राखे ।
मुलुकभर २६४ शाखा, २६४ एटिएम, २७ एक्सटेन्सन काउन्टर, १८ शाखा रहित बैंकिङ्ग तथा छ हजार भन्दा बढि रेमिट्यास पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा दिँदै आएको एनआईसी एशिया बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४१ अर्ब पुगेको छ भने बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्