Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाको तिहार योजना, हरेक सामान खरिद गर्दा ५% वा ५०० सम्मको छुट पाउन सकिने

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंक लि.ले ग्राहकहरुको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको छ । बैंकले चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । 
बैंकका ग्राहकहरूलाई ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरी सकेपछि भुक्तानी गर्दा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड भुक्तानी गरी ५% वा रु. ५०० सम्मको छुट प्राप्त गर्न हुन अनुरोध गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफल भइ सकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK