काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौताअनुसार यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।
मुलुकभर २६६ शाखा कार्यालयहरु, २७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४३ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्