
काठमाडौँ – एनआईसी एशिया बैंक लि.ले ग्राहकहरुको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको छ । बैंकले चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहक महानुभावहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको Mo-Bank बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नु हुनेछ । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।
बैंकले ग्राहकहरूलाई ‘सोच बदलौं … भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई Mo-Bank बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्त गर्न हुन अनुरोध गरेका छन् ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्