Skip to content
LAXMI SUNRISE BANK

एन आइ सी एशियाले ल्यायो ‘चमत्कारीक बचत खाता’, यस्ता छन् चमत्कारीक विशेषताहरु

अर्थ सरोकार

काठमाडौँ – एन आइ सी एशिया बैंकले आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहकहरुबाट उल्लासमय लोकप्रियता हासिल गरेको छ । उक्त लोकप्रियतालाई मध्येनजर गर्दै बैंकले  शुभदिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरुसहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता” सञ्चालनमा ल्याएको छ। 
यस बचत खाताका चमत्कारीक विशेषताहरु :
१. ७ % वार्षिक ब्याजदर 
२. न्युनतम मौज्दात रु १०००
३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी
४.Online बाट शुन्य मौज्दातमा खाता खोल्न सकिने
५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् 
उपहारहरु :
१. १० ग्राम चाँदीको सिक्का :
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्रामचाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ । 
२. २५ ग्राम चाँदीको सिक्का :
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नु हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK