
काठमाडौँ – नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउने योजना बनाएको छ । सरकारद्धारा घोषित यस कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासबाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउन सम्भव हुन्छ ।
यसै सन्दर्भमा सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल र एनआईसी एशिया बैंकबीच बैंकिङ साझेदारको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसी एशिया बैंकको तर्फबाट बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम एनआईसी एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ । यस सम्झौता मार्फत समुदायको बंैकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्