काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले नेपाल भित्र भिषाको सहकार्यमा POS मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले POS मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको Cash Back पाईने छ ।
प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००/- Cash Back
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००/- Cash Back
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००/- Cash Back
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००/- Cash Back
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००/- Cash Back
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Backहुनेछ ।
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Back हुनेछ ।
यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्