काठमाडौं – प्रभु बैंक लिमिटेडले सात ओटा भन्सारमा बैंकको काउन्टर स्थापना गरेको छ । बैंकले नेपाल र भारत सीमाका ७ वटा भन्सार कार्यालयहरुमा काउन्टर स्थापना गरेको हो ।
प्रभुको मंगलबार भएको सम्झौता अनुसार भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।
सम्झौतापश्चात नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा ( झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार) मा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई बैंकिङ कारोबार शुरु गर्ने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्