काठमाडौं – सानिमा बैंकले घरमै बसेर अनलाइनबाट सेयर कारोबारको राफसाफ गर्न मिल्ने गरी नयाँ ‘थ्री इन वान खाता’ योजना ल्याएको छ । यो खातामार्फत संसारको जुनसुकै स्थानबाट लगानीकर्ताले सेयर कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै बैंक तथा डिम्याट खाताको राफसाफ गर्न पनि कतै धाउनु नपर्ने बैंकको दाबी छ । सेयरको राफसाफ लगानीकर्ता आफैले घरैबाट गर्न सक्नेछन् ।