काठमाडौँ – अधिकक्तम नेपालीहरुलाई आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार सानिमा लाइफ इन्स्योरेन्सले देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ वीमाङ्की (Actuary) को समुहबाट नेपालीहरुको लागि उत्कुष्ट जीवन बीमा योजना “सानिमा जीवन श्री” तर्जुमा गरी जन समक्ष प्रस्तुत गरिएको छ ।
योजनाका विशेषताहरु
क. न्यूनतम बीमाङ्क रु.५,००,०००/-
ख. अधिक्तम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ ।
ग. न्यूनतम प्रवेश उमेर १६ बर्ष
घ. अधिक्तम प्रवेश उमेर ६० बर्ष
ङ. अधिक्तम बीमा समाप्ती उमेर ७० बर्ष
च. न्यूनतम बीमा अवधि १० बर्ष
छ. अधिक्तम बीमा अवधि २५ बर्ष
यस योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ ।
क. बीमा शुल्क भुक्तानी अवधि ६ , १० , १५ र १८ बर्ष कायम गरिएको छ ।
ख. बीमा अवधि १० , १५ ,२० र २५ बर्ष निर्धारण गरिएको छ ।
यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु पर्दैन । यस कम्पनीले आफ्ना ग्राहकहरुको अर्थिक हितलाई विशेष ध्यान दिइ सुरुमा नै यस योजना अन्र्तगत जीवन बीमा गर्दा पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको छ । जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको जीवन बीमाको लागि अतुलनिय अवसर हो ।
वीमाङ्क रकम भुक्तानी दिने अवस्था
क. वीमा समाप्ती मिति सम्म वीमित जीवीत रहेमा वीमालेखेको शर्तहरुको अधिनमा रही प्रत्यक बर्ष प्रतिहजार
बीमाङ्कको रु ७० का दरले पुरा बीमा अवधिको वोनस एक मुष्ट प्रदान गरिने छ ।
ख. वीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था वीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा
रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी वोनस समेत एक मुष्ट प्रदान गरिएको छ ।
यस योजना अन्तर्गत समयमै आफू र परिवारको जीवन बीमा गरी आर्थिक सुरक्षा र सामाजिक समृद्धिको लागि सदैव निश्चिन्त हुन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्