×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकास बैंकको नयाँ शाखा बर्दियाको कतर्निया बजारमा, कुल शाखा १७ पुग्यो

PRIME CA
GLOBAL IME BANK

भार्गव विकास बैंकको नयाँ शाखा बर्दियाको कतर्निया बजारमा, कुल शाखा १७ पुग्यो

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – भार्गव विकास बैंक लिमिटेडले बर्दियाको बारबार्दिया नगरपालिका वडा नंं. ९ स्थित कतर्निया बजारमा आफ्नो १७ औं शाखा स्थापना गरि औपचारिकरुपमा समुद्घाटन गरेको छ । बैंकका सञ्चालक जगदिशचन्द्र भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति, बर्दियाका उपसंयोजक मान बहादुर विष्टले शाखाको उद्घाटन गरेका हुन् । 
कार्यक्रममा कर्तनियाबजार, औरीबजार, माछागढ, बैदीबजार र आसपासका ग्रामिण क्षेत्रका स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । बैंकले आफ्नो कार्यक्षेत्र भित्रमा सेवा विस्तार गर्ने क्रममा आफ्नो १७ औं शाखाको रुपमा यस कतर्निया शाखाको स्थापना गरेको हो । यस ठाउँमा बैंक तथा वित्तीय संस्थामा भार्गव विकास बैंक लिमिटेड पहिलो बैंक रहन गएकोले त्यहाँका मानिसहरुमा उत्साह देखिन्थ्यो । यहाँका मानिसहरु बैंङ्किग सेवाको लागि मगरागढी र बासँगढी धाउनुपर्थ्यो अब आफ्नै घरदैलोमा बैंक आउँदा त्यहाँका मानिसमा हर्षोउल्लास देखिन्थ्यो ।
यस शाखाबाट शुरुवात देखि नै बैंकले प्रदान गर्ने सम्पूर्ण कर्जा सुविधाहरु छिटो र सरल रुपमा उपलब्ध गराउनुको साथै सबै संघसंस्थाहरु, तथा सबै खालका तह र तप्काका ब्यक्तिहरुलाई मध्येनझर गरि विभिन्न खालका बचत योजनाहरु, आवधिक मुद्दती योजनाहरु, रेमिटेयान्स सुविधा, मोबाईल बैकिंङ्ग सेवा, चेक क्लियरिङ्ग सुविधा लगायतका अन्य सम्पुर्ण सेवाहरु उपलब्ध गराइनेछ ।
सो उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले छोटो मन्तव्य राख्दै यस क्षेत्र तथा आसपासका गाँउ गाँउ सम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै सेवा प्रवाह गर्दै जाने जानकारी गराउँदै यस शाखाले स्थानियवासीको अगाध माया तथा सद्भाव पाउने कुरामा आफु विश्वस्त रहेको बताए ।
स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान बनाई ग्राहक वर्गको अत्याधिक मन जित्न सफल तथा संचालनको छोटो समयमा नै एक सफल र स्थानीयबासीहरुको विश्वसनीय बैंक बन्न सफल यस बैंकले आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक बैकिङ्गका साथै छिटो तथा सरल कर्जा र निक्षेपमा उच्चतम् ब्याजदर प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: