काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विजनेश मिट सम्पन्न गरेको छ । बैंकले व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न तथा कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित Business Meet-2075 चितवनको सौराहमा सम्पन्न हो ।
कार्यक्रमको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्य संजाल ठूलो भएको हुंदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिए । कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ र गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल गरी रणनीति तय गरिएको थियो ।
बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्