काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।
यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन् जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्ड्रेन होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गज्यूलाई हस्तान्तरण गर्नुभएको थियो ।