Skip to content
LAXMI SUNRISE BANK

चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने एनआइसी एशिया बैंकको सीइओ नियुक्त (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइसी एशिया बैंकका कामु सीइओ रहेका रोशन न्यौपानेले अन्तत: बैंकको सीइओको जिम्मेवारी पाएका छन् । बैंकको पछिल्लो बोर्ड बैठकले उनलाई बैंकको सीइओको जिम्मेवारी दिएको हो । केहि समयदेखि बैंकको सीइओ पद रिक्त थियो । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले न्यौपानेलाई कामु सीइओ बनाएको थियो । उनी छोटो समयमा बैंकिङ क्षेत्रमा उदाएका र राम्रो प्रगति गरेका चार्टड एकाउन्टेन्ट हुन् ।
चार्टड एकाउन्टेन्ट रोशन न्यौपानेले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट चार्टड एकाउन्टेन्सी अध्ययन पूरा गरेका हुन् । आइक्यानबाट सिए पास गरेर कुनै कमर्सियल बैंकको सीइओ भएका उनी पहिलो व्यक्ति हुन् । बैंक अफ एशिया बाट आफ्नो बैंकिङ करियर सुरु गरेका न्यौपाने इन्टरनल अडिट विभागको प्रमुख हुँदै बैंकिङ करियरमा अगाडी बढेका थिए ।

न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले आजैबाट लागू हुने गरी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK