काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादीमा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गरेको हो ।
केन्द्रिीय कार्यलयमा आयोजित एक कार्यक्रम बिच बैंकका कायममुकाय मप्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंगशर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरलाई दुई लाखको चेक हस्तान्तरण गरे ।
कृषिबाली विज्ञान अध्ययन गर्ने पी जे.टीका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयका अध्यक्ष कुँवरले जानकारी दिए ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वका विभिन्न कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक लगायतका विभिन्न क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।
हाल बैंकले ८० वटा शाखा कार्यलय, ७५ वटा एटिएम। र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट बैंकका सम्पुर्ण ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्