Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको प्रदेश २ को प्रादेशिक कार्यालय बीरगंजमा विस्तार

अर्थ सरोकार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १५ गते प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 
प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु (बीरगंज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ८० वटा शाखा, ७५ वटा एटिएम। र ९९ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK