काठमाडौं – सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाअन्तर्गत मलेसियाको मर्चण्ट्रेड बाट पैसा पठाई दोस्रो महिनाको रु १००,००० को मासिक लक्की ड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित हुनुभएको छ । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले रु १०,००० र १ जनाले रु १००,००० जिति सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबिच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।
सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिकरु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेता हरुले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार रसिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० सम्म जित्न सक्ने छन् । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्