Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा पोलिसी खरिद गर्न सकिने

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।
सिभिल बैंकले यस अघि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र यूनियन लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीव वीमा सेवा उपलब्ध गराउने भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK