Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकको नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा, नगरपालिकाका मेयर देव कुमार सुवेदीले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले आफ्नो समुद्घाटन मन्तव्यमा गण्डकी विकास बैंकले यस ठाउँमा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउने कुरा व्यक्त गरे । 
बैंकका सञ्चालक कृष्ण बहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोती प्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेक बहादुर भण्डारीले मन्तव्य राख्दै सुर्खेतवासी सँग आत्मसाथ गर्दै बैंक अघि बढोस भन्ने शुभकामना व्यक्त गरे । 
हाल बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा तथा सुविधाहरु दिँदै आइरहेको छ । साथै, आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, C-ASBA,IPS, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK