Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकको नयाँ शाखा कञ्चनपुरको महेन्द्रनगरमा, मन्त्री झपट बहादुर बोहोराले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौं – गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले समुद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्तासम्म पुग्न सकोस भन्ने शुभकामना दिए । 
बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सीआस्वा, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK