×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकाश बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा, उपमहानगरपालिकाका प्रमुख पाण्डेले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गण्डकी विकाश बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा, उपमहानगरपालिकाका प्रमुख पाण्डेले गरे उद्घाटन

Artha Sarokar

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गण्डकी बिकाश बैक लिमिटेडले दाङको तुलसीपुरमा नयाँ शाखाको समुदघाटन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे । सो अबसरमा मेयर पाण्डेले आमजनतालाई उधमशिलता र आर्थिक अबस्थालाई चलायमान बनाउन बैकहरुको भुमिका महत्त्वपूर्ण हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै बैकका सञ्चालक कृष्णबहादुर थापाले स्थानीय तहको समन्वयात्मक भुमिकामा गण्डकी बिकाश बैकले अबसर प्राप्त गरे असाहय,जेष्ठ नागरिक र अपांगता भएको ब्यक्ति हरुको घरसम्म पुगेर बैङ्किङ सेवा प्रदान गर्न तयार रहेको समेत जानकारी दिए ।
कार्यक्रममा बैकका सिईओ रेशम कुमार थापाले ५० हजार देखि माथि ऋण प्रबाह गर्न सकिने भन्दै नारी बचत, जनरल रेभिङ, मोवाईल बैकिङ जस्ता सेवाहरु आफुहरुले प्रदान गर्दै आएको जानकारी व्यक्त गरे । 
कार्यक्रममा तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत, राप्ती बबई क्याम्पसका सहायक प्राचार्य सुर्य प्रसाद शर्मा, सहकारी अभियान्ता शुक्रराज भण्डारी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी