×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा, सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा, सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले गरे उद्घाटन

Artha Sarokar

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले आइतबार काभ्रे जिल्लाको बेथानचोकमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्नुभयो ।
उक्त शाखाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताउनुभयो ।
ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र ११० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी