×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै ग्रीन डेभलपमेन्ट बैंक, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

PRIME CA
GLOBAL IME BANK

शाखा विस्तारमा अघि बढ्दै ग्रीन डेभलपमेन्ट बैंक, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौ – ग्रीन डेभलपमेन्ट बैंकले शुक्रबार एकै दिन चार शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो । बाग्लुङमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्रभित्रका विभिन्न स्थानहरूमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । 
नयाँ खोलेका शाखाहरूसहित बैंकको शाखा संख्या ८ पुगेको छ भने थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए । यस बैंकले विभिन्न वचत एवं मुद्दती खाताहरूमा आकर्षक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । 
बैंकले कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्नवर्ग कर्जासमेत प्रवाह गर्दै आएको छ । बैंकको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुनचाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरूमा समेत यो सुविधा विस्तार गर्दै लग्ने योजना रहेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: