काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिने जनाएको छ ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहक महानुभावहरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स लि. सँग बीमा सेवाको लागि सम्झौता गरिएको जानकारी दिए ।
त्यसै गरी आइएमई जनरल इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्