Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै ज्योति विकास बैंक, एकैसाथ चार नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंक लि. ले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच २०७५ मंसिर १७ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
त्यसैगरि ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइराला र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका सञ्चालन जगदीश्वर प्रसाद अधिकारीद्धारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिका का मेयर मंगल प्रसाद थारुज्यू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा गर्नुभयो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK