काठमाडौँ – ज्योति विकास बैंक लि. ले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच २०७५ मंसिर १७ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
त्यसैगरि ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइराला र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका सञ्चालन जगदीश्वर प्रसाद अधिकारीद्धारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिका का मेयर मंगल प्रसाद थारुज्यू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा गर्नुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्