Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकका दुई नयाँ शाखा कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा

अर्थ सरोकार

काठमाडौं – ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे भने भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमामा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक किरण पण्डीत र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु। २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु। १८।५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 
बैंकको हालको चुक्तापूँजी रु।२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK