×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा विशेष छुट पाउने

Artha Sarokar

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरे । यस बैंकका ग्राहकहरुले बैंकको ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् । 
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी