×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजिलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इजिलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जापान, दक्षिण कोरिया, साइप्रसलगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिँदै आएको विश्वासिलो रेमिट्यान्स कम्पनीका रूपमा परिचित इजिलिंक रेमिट्यान्सले कामना सेवा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । 
सम्झौतापत्रमा इजिलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, प्रबन्ध निर्देशक दीपेन्द्र खनाल र कामना सेवा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविन बस्ने, डिपोजिट तथा ट्रान्ज्येक्सन बैंकिङ प्रमुख सुबास भट्टराईले संयुक्त रूपमा हस्ताक्षर गरे । 
सम्झौतापछि इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले कामना सेवा बैंकसँगको रेमिट्यान्स भुक्तानी सम्झौताले नेपाली दाजुभाइ दिदीबहिनीहरूले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु¥याउन थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सेवा दिँदै अझ सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका साथै निजी कम्पनीहरूसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीव्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्रयाउन तीव्र रूपमा अघि बढिरहेको जानकारी गराए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी