काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा ६१औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा का. मू. प्रमूख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयूक्त रुपमा कारोबार शूभारम्भ गरे ।
शूभारम्भ समारोहमा कामू प्रमूख कार्यकारी अधिकृतले बैंकले विभिन्न सहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।
काठमाडौं ३० बानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६१ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पुर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको छ ।