×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका पहिलो चार्टड एकाउन्टेन्टसँगको अन्तर्वार्ता, ‘जीवनमा कहिले पनि बदनाम हुनुपरेन, त्यसैमा खुसी छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालका पहिलो चार्टड एकाउन्टेन्टसँगको अन्तर्वार्ता, ‘जीवनमा कहिले पनि बदनाम हुनुपरेन, त्यसैमा खुसी छु’

Artha Sarokar

१८ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शनिबार साँझपख, हामीले उनीसँग समय माग्न उनको घरको ल्याण्डलाइनमा फोन गर्यौं । केहि सामान्य कुरा भएपछि उनले भने, ‘कहिले आउनुहुन्छ ? आजै आउने भएपनि आउनुहोस् ।’ घडीले लगभग ६ बजेको संकेत देखाउँदै थियो । तर पनि हामी उत्साहित थियौं । नयाँ बानेश्वर हाइटमा रहेको उनको घर पुगेर हामीले उनीसँग केहि अनौपचारिक कुराकानी पनि गर्यौं । स्वास्थ्य उति निको रहेनछ । ‘युरिन ब्याग’ बोकेर हिड्नुपर्ने रहेछ । तर बुढेसकाल नै भएपनि बोली सार्है ‘टठिलो’ । पूराना कुराहरुका थुप्रै सम्झनाहरु । त्यसपछि हामीले सुरु गर्यौं उनीसँगको संवाद : 
१. सन्चै हुनुहुन्छ ? स्वास्थ्य कस्तो छ ?
ज्यानलाई अलि सन्चो छैन । केहि समय भयो ‘युरिन ब्याग’ बोकेर हिड्नु परेको छ । चिसो ज्यानले अलि सहँदैन । अरु त सबै ठिकै छ । राम्रो स्याहार पाईरहेको छु । त्यसैले त्यस्तो समस्या छैन ।
२. तपाईंले त ५०औं बर्ष ‘अडिट’ काममा विताउनुभयो । ती दिनहरु सम्झंदा कस्तो लाग्छ ?
मलाइ त एकदम खुसी लाग्छ । त्यो बेला बजारमा मेरो ‘मोनोपोलि’ जस्तै थियो । धान-चामल उत्पादन गर्ने कम्पनीदेखि नेपाल बैंकसम्मको अडिट मैले नै गर्थ्यें । अडिटर भनेपछि कुबेर शर्मा मात्र हो भन्ने अवस्था पनि थियो । त्यो बेला संस्थाहरु थोरै भएपनि खुब भ्याई-नभ्याई हुन्थ्यो । जीवनमा कमाएको सबैभन्दा ठुलो चिज पनि यहि इज्जत हो जस्तो लाग्छ । अहिले सम्झंदा खुसी लाग्छ । मैले ५० बर्षभन्दा बढी यो पेशामा लागेर काम गरें । कहिले पनि कसैले पनि ‘तिम्रो काम भएन’ भनेर गुनासो गर्नुभएन । 
३. तपाईंले सुरु गर्नुभएको नेपाल चार्टड एकाउन्टन्ट्स संघ अहिले ठुलो भएको छ भन्ने थाहा छ ? संघको चुनाव नै ठुलो हुन्छ भन्ने कुरा थाहा छ ?
थाहा छ । यसमा मलाइ खुसी पनि लाग्छ । यो संघ हामीले सार्है मेहेनत गरेर स्थापना गरेका थियौं । त्यो बेला हामी ६-७ जना मात्र थियौं । अहिले त संघ मै १६०० हाराहारीमा सदस्यहरु छन् भन्ने सुन्दा खुसी लाग्छ । आफुले सानो सुरु गरेको संस्था अहिले ठुलो भएको कुरामा मलाइ निकै गर्व लाग्छ । संघ अझ ‘एक्टिभ’ छ, कन्फेरेन्स गर्दैछ भन्ने सुनेको छु । यो सुन्दा झनै खुसी लाग्छ ।
४. तपाईंको अनुभवका आधारमा भनिदिनुहोस्, पछिल्लो समयका चार्टड एकाउन्टेन्टहरुलाई के सुझाव दिनुहुन्छ ? उनीहरुले के कुरामा बढी ध्यान दिनुपर्छ ?
‘प्रोफेसनल इन्टिग्रीटी’ भनेको सबैभन्दा ठूलो कुरा हो । चार्टड एकाउन्टेन्ट सधैं ‘इथिक्स’मा बस्नुपर्छ । इथिक्स छोड्नु हुन्न । इथिक्स भनेको सबैभन्दा ठुलो कुरा हो । ‘मैले पचासौं बर्ष लेखापरीक्षण पेशामा बिताएँ । आज आएर सम्झिँदा म खुसी यस मानेमा छु कि म जीवनमा कहिले पनि बदनाम हुनुपरेन । जीवनमा सबैभन्दा खुसीको कुरा पनि यहि हो । नयाँ आउने भाइ बहिनीहरुले पनि इथिक्समा विशेष ध्यान दिनुपर्छ । इथिक्सभन्दा ठुलो कुरा केहि पनि छैन ।
५. जीवनको लामो समय लेखापरीक्षण पेशामा बिताउनुभयो । अरु के के काम गरेको याद छ ?
मैले जीवनमा धेरै खालको काम गरेको छु । कुनै समय राजनीतिमा सक्रिय थिएँ । मन्त्री पनि बनें । तर राजनीतिमा लाग्दा पनि म कहिले पनि बदनाम हुनु परेन । लेखापरिक्षण पेशामा त झन् कहिले पनि बदनाम हुनु परेन । मैले केहि समय पत्रकारिता पनि गरें । पंचायत कालमा ‘निर्मल साप्ताहिक’ भन्ने पत्रिका निकै चर्चित थियो । त्यो पत्रिकामा मैले निकै सक्रिय भएर काम गरें । जे-जे गरें ‘इथिक्स’मा बसेर गरें जस्तो लाछ । यहि भएर पनि अहिलेसम्म कुनै विवादमा आउनु परेन ।
६. राजनीति गर्दाका दिनहरुलाई अहिले कसरी सम्झनुहुन्छ ?
राजनीति गरियो । जेल पनि परियो । तर आफुले ठिक गर्दैछु भन्ने थाहा थियो । त्यसैले जीवनमा कहिले पनि फर्केर हेर्नु परेन । इमान्दार भएकै कारणले होला, म मन्त्री पनि बनें । मेरो राजनीतिक करियर र मन्त्रीको कार्यकाल दुवै राम्रो भयो । पछि त व्यवस्था र अवस्था दुबैमा धेरै परिवर्तन आयो । त्यसपछि लामो समय प्राक्टिसमै बित्यो । तर आज पनि मलाइ सिए भनेर चिन्ने, राजनीतिज्ञ भनेर चिन्ने, कुनै बेलाको पत्रकार भनेर चिन्ने अधिकांसको चित्त बुझाएको छु । त्यसैमा ठुलो खुसी लाग्छ ।
७. तपाईंको मार्गमा हिंडेका सिएहरुलाई के सुझाव दिनुहुन्छ ?
चार्टड एकाउन्टेन्टको भूमिका देश बिकासमा ठुलो हुन्छ । सिएले लेखापरीक्षक, कन्सल्टेन्ट वा एकाउन्टेन्ट भएर देशको सेवा गर्न सक्छ । धेरैले गरिनै रहनु पनि भएको छ । मैले अघि नै पनि भनें । ‘इथिक्स’ सबैभन्दा ठुलो कुरा हो । इथिक्समा बस्नुपर्छ । प्रोफेसनल इथिक्स नछोड्ने हो भने सधैं सफल भइन्छ । मेरो नयाँ भाइ बहिनीहरुलाई यहि सुझाव छ । मैले सुरु गरेको  चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ठुलो भएको छ । त्यसमा म गर्व गर्छु । यसले गर्न लागेका हरेक कामका लागि शुभकामना पनि दिन्छु ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी