×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले पूर्व प्रहरीलाई सरल कर्जा दिने, पेन्सन पट्टा धितो राख्नुपर्ने

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकले पूर्व प्रहरीलाई सरल कर्जा दिने, पेन्सन पट्टा धितो राख्नुपर्ने

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व प्रहरीहरूलाई सरल कर्जा दिने भएको छ । बिहीबार नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंकबीच सो सम्बन्धि दुईपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकले पेन्सन पट्टा धितो राखेका पूर्व प्रहरीहरुलाई कर्जा दिने बताएको छ ।
पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कोईरालाले यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने बताएका छन् ।
साथै, कार्यक्रममा प्रतिनिधि सभा सदस्य नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने बताएका छन् ।
यसअघि नै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंकले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा सम्बन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेको छ । साथै, बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा उक्त कार्यक्रम संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: