×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको ७.८५% लाभांश प्रस्ताव, पौष ३० मा साधारण सभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मेगा बैंकको ७.८५% लाभांश प्रस्ताव, पौष ३० मा साधारण सभा

Artha Sarokar

१३ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरसहित ७.८५ % लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
मेगा बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५% ले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो । यसैगरी, चुक्ता पुँजीको १.००२३३% ले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ । तत्कालीन नेपाल लेखामान (GAAP) बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोषहरु सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको हो ।
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख ३० हजार ९ सय ९५ रुपैँया र बाँकी २५ लाख ६३ हजार ८ सय ८१ रुपैँया सोही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकोले बोनस शेयरको रुपमा मात्र वितरण गर्न मिल्ने हुँदा चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशल प्रस्तावित बोनस शेयर छुट्टाइएको हो । नगद र बोनस शेयर गरी ८० करोड ७६ लाख ५३ हजार ४ सय ४६ रुपैँया ३९ पैंसा लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । 
बैंक सञ्चालक समितिको २३७ औं बैठकले निर्णय गरेको लाभांश बाँड्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । लाभांश वितरण लगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । 
मेगा बैंकको हालको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ । मेगा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई ४० करोड २५ लाख ३ हजार रुपैयाँ कायम भएको छ । बैंकको व्यवसायको आकार लगायत मुनाफामा भएको यो वृद्धि वाणिज्य बैंकहरु मध्येकै अधिकतम वृद्धि दर हो । बैंकले प्रतिशेयर १५ रुपैयाँ ४४ पंैसा खूद मुनाफा आर्जन गरेको छ भने अघिल्लो बर्ष सोहि अवधिमा बैंकले प्रतिशेयर ६ रुपैयाँ ८८ पंैसा खूद मुनाफा आर्जन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी