काठमाडौं – नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा राखिएको उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरे । एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिए ।
संस्थाको एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको छ । नेपालका अतिरिक्त भारत र भुटानमा समेत चलाउन सकिने कार्ड सामान खरिद गर्दा पस को रुपमा पनि प्रयोग गर्न सकिन्छ । आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले एटिएम सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।
हाल संस्थाको चुक्ता पूँजी ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको छ भने कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ रहेको छ । कर्जा लगानी १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रहेको छ । संस्थामा जगेडा तथा अन्य कोषहरु गरी १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्