काठमाडौं – नेपाल बैंक लिमिटेडले आम निक्षेपकर्ताको हीतलाई ध्यानमा राखी आकर्षक व्याजदर सहित निशुल्क विविध बैंकिङ सेवा तथा सामाजिक सुरक्षाजस्ता सेवा सुविधा समाविष्ट नागरिक वचत खाता बजारमा ल्याएको छ । न्यूनतम रु १० हजारमा बैंकका देशभरका शाखाबाट खोल्न सकिने यस नागरिक वचत खाता मार्फत नेपाल बैंकसँग आवद्ध हुने ग्राहकले रु १० लाखसम्मको दुर्घटना वीमा, रु२५ हजारसम्मको औषधि उपचार सुविधाका साथै भिसा डेविट कार्ड, एविविएस, सिआस्वा, डिम्याट, मेरो शेयर, इन्टरनेट बैंकिङ, स्मार्ट मोवाईल बैंकिङ लगायतका नेपाल बैंकबाट उपलव्ध सेवाहरु निःशुल्क प्राप्त गर्ने छन् ।
यसैबीच यस बैकका नागरिक वचतका ग्राहकलाई उपलव्ध गराईने उपरोक्तानुसारको दुर्घटना वीमा र औषधिउपचार सुविधाको सुनिश्चितता निम्ति बैंकले आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईएमई जिआईएल) संग एक सम्झौता गरेको छ । सो सम्वन्धी सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हस्ताक्षर गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्