Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा, गाउँपालिका प्रमुख विजय राईले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंकले भोजपुर जिल्लाको बैकुन्ठमा आफ्नो नयाँ शाखा कार्यलयको संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले गरेका थिए। 
हाल बैंकको २७० वटा शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत ग्राहकवर्गहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 
साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK