×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र एफएनसिएसआइ संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंक र एफएनसिएसआइ संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता

२१ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र घरेलु तथा साना उद्योग संगठनका तर्फबाट महा सचिव डम्बर प्रसाद रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 
उक्त सम्झौता अनुसार वित्तीय साक्षरता कार्यक्रममा साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी