काठमाडौँ – पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवल उ.म.न.पा. ९, राजमार्ग चौराहामा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार हेतु खोलेको उक्त बुटवल शाखाको समुद्घाटन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले गरेका हुन् ।
जारी पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व २ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४१ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ । उक्त बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकिङ तथा सीआस्वा लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आ.व. २०७४।७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण फाइनान्सका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्