तनहुँ – प्रभु बैंक दमौली शाखाले आइतवार दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिवअन्तर्गत रोट्र्याक्ट क्लब अफ दमौलीको सहकार्यमा व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र बैंकको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका प्रतिनिधिले जानकारी दिए । युवायुवतीमा रकमको महत्व, बचत र उचित सदुपयोगबारे जानकारी हुन आवश्यक भएकाले उक्त कार्यक्रम आयोजना गरेको बैंकले बताएको छ ।
कार्यक्रममा विश्वमा वित्तीय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिति, पूँजी, बचतको महत्व, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुकलगायतका विषयमा समेत प्रशिक्षण दिइएको क्लबले जानकारी दिएको छ । कार्यक्रममा १ सय ५० विद्यार्थीको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्