काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स क.लि. ले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथआफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन भएको थियो ।
तालिम वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए । साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्