Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौता बुँदाहरु

अर्थ सरोकार

काठमाडौँ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र कैलाश बिकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गर्नु भएको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले कैलाश बिकास बैंक लि. मार्फत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैंकका ७८ वटै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK