काठमाडौँ – नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा  स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । 
यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन । 
एक्सचेन्ज अफरमा निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।
- १ बर्षको निशुल्क बिमा
 - पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने
 - झन्झटरहित फाईनान्सको सूविधा
 - आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने
 - ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
 - ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग
 - गाडीको अतिरिक्त सामान निःशुल्क पाइने
 - सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने
 





						







