×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसीसीए अध्ययन गर्न चाहानेहरुका लागि खुसीको खबर, काठमाडौँको मुटुमा खुल्यो नयाँ लर्निङ प्रोभाइडर ‘सिड’ !

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- के तपाईं एसीसीए अध्ययन गर्ने सोचमा हुनुहुन्छ ? वा तपाईं एसीसीएका अवका पेपरहरु कहाँ पढ्ने भन्ने द्विविधामा हुनुहुन्छ ? यदि यस्तो छ भने, तपाईंका लागि खुसीको खबर छ । नेपालमा चलेका एसीसीएका कोचिङ सेन्टरहरुका ‘भेट्रान’हरु मिलेर काठमाडौँमा सिड फाइनान्सियल एकेडेमी सञ्चालनमा ल्याएका छन् । यसअघि काठमाडौँमा संचालित, एनसीए, सीसीए, र द ब्रिटिस कलेजमा सञ्चालक रहेका र नाम कहलिएका शिक्षकका रुपमा परिचितहरुको समूहले ‘सिड’ सञ्चालनमा ल्याएको हो । सोमबार एक कार्यक्रमकाबीच उक्त एकेडेमीको औपचारिक उद्घाटन भएको छ । एसीसीए नेपालका प्रमुख रविन कटवालले सिडको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपालमा चलेका कोचिङ सेन्टरहरु छोडेको समूहले खोलेको संस्था भएकाले पनि सिड फाइनान्सियल एकेडेमी बजारमा एसीसीए अध्यापनको क्षेत्रमा ‘लिडर’ हुने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै एकेडेमीका संचालकहरुले गुणस्तरमा कुनै पनि सम्झौता नगरी अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका एसीसीए नेपालका प्रमुख रविन कटवालले सिडको सफलताको कामना गरेका छन् भने उपस्थित एसीसीएका विद्यार्थीहरुले सिड अवको ‘लिडीङ एसीसीए ट्युसन प्रोभाइडर’ हुने विश्वास व्यक्त गरेका थिए ।
सिडको आगमन चलिरहेका ट्युसन प्रोभाईडरहरुले भने चुनौतीका रुपमा हेरेका छन् । नेपालका प्राय:जसो ट्युसन प्रोभाइडरहरुको व्यापार ओरालो लागिरहेको परिप्रेक्षेमा उदाएको सिडको बजार अकुपेन्सी निकै माथि रहने अनुमान गरिएको छ । एकेडेमी काठमाडौँको पुतलीसडकस्थित बाटुलीघरको पछाडीपट्टि रहेको छ । लोकेसनले दिएको साथ, नाम चलेका शिक्षक र सुरुवातीको फरक तरिकाले पनि सिडमाथि सबैको अपेक्षा ठुलो छ ।  हेरौं एकेडेमी उद्घाटनका केहि झलकहरु :

 

 
 
 
 
 
 
 
 
 
 
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: