Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले  मसिंर २६ गते बुढानिलकण्ठ–८, हात्तीगौडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ भने मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 
हाल संस्थाले देशभरीका विभिन्न ११ स्थानबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK